प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा, समूहका अप्राविधिक/प्राविधिक तर्फका पदहरूको आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

 प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा, समूहका अप्राविधिक/प्राविधिक तर्फका पदहरूको

आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन



 सूचना नं.ः ९÷०७७–७८

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था अनुसार प्रदेश र स्थानीय तहमा रिक्त भएका पदहरूको माग फाराम प्राप्त भएको

हुँदा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले देहाय योग्यता पुगेका उम्मेदवारहरूबाट

दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको वेवसाइटबाट दरखास्त फाराम म्यधलयिबम गरी

आवश्यक शैक्षिक योग्यता लगायतका कागजातहरू रेकर्ड फाइलमा राखी फाइलको आवरणमा सबै विवरण खुलाई तोकिएको राजश्व खातामा

राजश्व बुझाएको सक्कल भौचरसहित तोकिएको स्थानमा आवेदन फाराम दर्ता गराउनु पर्नेछ । प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका

उम्मेदवारहरूको रोजाई प्राथमिकता क्रम अनुसार प्रदेश तथा स्थानीय तह तोकी सिफारिस गरिनेछ । यसरी सिफारिस भएका उम्मेदवारलाई

सम्बन्धित प्रदेश तथा स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्। सेवाका सर्त र तलब तथा अन्य सुविधा प्रचलित कानून बमोजिम हुनेछ ।



परीक्षाको किसिम ः– लिखित, कम्प्युटर सीप परीक्षण, प्रयोगात्मक र अन्तर्वार्ता ।

परीक्षा केन्द्र ः– बागमती प्रदेश, हेटौँडा ।

दरखास्त दस्तुर ः– खुलाको लागि रु. ६००।– (छ सय), समावेशी मात्र भर्नेका लागि रु. ६००।– (छ सय) र थप समावेशी

 समूहको लागि प्रति समूह थप रु. २००।– (दुई सय) । 

दरखास्त दस्तुर

बुझाउने स्थान ः– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, खाता नं.ः १०००२०००१००००

 नेपाल बैंक लिमिटेड, खाता नं.ः २७२०२०००००१००१०००००१

कार्यालय कोडः २१०००३२०१३ (प्रदेश लोक सेवा आयोग)

राजश्व शीर्षक नं.ः १४२२४ (परीक्षा शुल्क)

मा दरखास्त दस्तुर बुझाएको सक्कल बैंक भौचर प्रति संलग्न गरी दरखास्त पेश गर्नु पर्नेछ ।

दरखास्त दिने स्थान ः–

१. बागमती प्रदेशका रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, चितवन, सिन्धुली, रामेछाप, दोलखा र काभ्रेपलाञ्चोक जिल्लाका

घरेलु तथा साना उद्योग कार्यालयहरू तथा काठमाडौं उपत्यकाको हकमा प्रदेश सुशासन केन्द्र, जावलाखेल र मकवानपुर

जिल्लाको हकमा आयोगको कार्यालय, हेटौँडामा दरखास्त बुझाउन सकिनेछ ।

२. उम्मेदवारले परीक्षा सञ्चालन हुने दिन अगावै आयोगको कार्यालय, हेटौँडाबाट प्रवेशपत्र लिनु हुन सूचित गरिन्छ । परीक्षा

भवनमा प्रवेश पत्र वितरण गरिने छैन ।

दरखास्त दिने अन्तिम मिति ः– २०७७।८।८ गते देखि २०७७।८।२८ गतेसम्म र दोब्बर दस्तुर तिरी २०७७।९।५ गतेसम्म ।

उम्मेदवारको उमेरको हद ः–

 २०७७।८।२८ गते सम्म १८ वर्ष पूरा भै ३५ वर्ष ननाघेको ।

 महिला तथा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको ।

 स्थायी वहालवाला सरकारी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।

 अन्तर्वार्ता हुने मिति ः– लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा उल्लेख गरिनेछ ।

पदमा रही गर्नुपर्ने कामको विवरण ः– प्रदेश र स्थानीय तहको कानून बमोजिम ।

तलब तथा सेवा सुविधाः– प्रदेश र स्थानीय तहको प्रचलित कानून बमोजिम ।


Click Me to see the full vacancy

Post a Comment

0 Comments